Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


कांग्रेसकाे महाधिवेशन पछाडी धकेलिन सक्छ: नेता कोइराला

देशमा निर्वाचनको माहोल छैन

481
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीकाे १५ औं महाधिवेशन केही समय पर धकेलिन सक्ने बताउनुभएको छ।

काठमाडौंमा मंगलबार कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेसको अधिवेशनकाे बारेमा सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताउनुभयो । महाधिवेशन हरेक ४ वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै उहाँले सञ्चारमाध्यमहरुले यसलाई धेरै चासो देखाउन जरुरी नरहेको उल्लेख गर्नुभएकाे छ। आफूले महाधिवेशन सार्न नखोजेको स्पष्ट पार्दै सिरियल नम्बर नभएको क्रियाशिल सदस्य बाड्ने कामले केही समय पर धकेलिएको बताउनुभयो। उहाँले आफू यहि पुस २६ गते नै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको पनि स्पष्ट पार्नुभएकाे छ।

नेता कोइरालाले सरकारले निर्वाचन आगामी फागुन २१ गते तोकेको भएता पनि निर्वाचन हुन सम्भव नरहेको बताउनुभयो । निर्वाचनको माहोल कतै नदेखिएको उहाँकाे भनाइ छ।