Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलसँग सघन संवाद गर्न जरूरीः नेता पुन


156
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता वर्षमान पुनले यस्तो आग्रह गरिएको बताउनुभएकाे हाे । उहाँले सरकारद्वारा गठित संवद समितिलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पार्टीको पूर्ण समर्थन र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको पनि बताउनुभयो। उहाँले यहि अवस्थामा निर्वाचनमा सहभागि हुन नेकपालाई कुनै समस्या नभएपनि केही राजनीतिक दलहरूले शान्ति-सुरक्षा सम्बन्धी गुनासो राखेको राखेको भन्दै ती विषयहरूलाई सम्बोधन गर्न समेत आग्रह गरिएको बताउनुभएकाे छ।

नेता पुनले विगतमा मुलुकमा राजनीतिक संकट आउँदा दलहरूलाई एक ठाउँमा ल्याउन भूमिका खेलेको भन्दै पार्टी संयोजक पुष्पकमल दाहाललाई राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याउन पहल गरिदिन समेत सरकारको तर्फबाट आग्रह गरिएको बताउनुभयो। उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टीले सबै राजनीतिक दलहरुसँग संवाद गरिरहेको समेत बताउनुभएकाे छ।