Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


देशलाई एउटा अभिभावककाे आवश्यक: नेता कोइराला


1k
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई एउटा अभिभावककाे आवश्यक रहेको बताउनुभएको छ ।
काठमाडौंमा मंगलबार कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफूलाई संवैधानिक राजतन्त्रको पक्ष लिएर अघि बढ्न सुझाव आउने गरे पनि अब ढिला भइसकेको र आफू मात्रै लागेर नहुने बताउनुभयो । उहाँले नेपाललाई राजनीतिक स्थिरता दिन आवश्यक रहेको बताउनुभएकाे छ ।

नेता काेइरालाले राष्ट्रियता र प्रजातन्त्र सँगै लैजान नसके नेपाल बाँच्न नसक्ने बताउनुभयो । देशको राष्ट्रियता अत्यन्त नाजुक अवस्थामा रहेको बताउँदै उहाँले प्रजातन्त्र र लोकतन्त्र छाडातन्त्रमा परिणत भइसकेको बताउनुभएकाे छ। जेनजी आन्दोलनमा नेपाली अनुहार भएता पनि त्यसभित्रको रुप के थियो भन्ने कुरा बुझ्न जरुरी रहेको उहाँले बताउनुभयो ।

नेता कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार जरुरी रहेको बताउनुभयो। अहिले नेपालको राजनीतिमा लोकरिझ्याँईले प्राथमिकता पाएको उहाँकाे भनाइ छ।