Logo २३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026


निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी माघमा निर्वाचन हुने


182
Shares

काठमाडाैं। नेपाल निर्माण व्यवसायी महासंघको वार्षिक साधारण सभा हुने भएको छ।

साेही साधारण सभाले महासंघको नयाँ नेतृत्व निर्वाचित गर्ने भएकाे छ । महासंघका महासचिव रोशन दाहालका अनुसार महसंघले आगामी माघ १५, १६ र १७ गते काठमाडौंमा आफ्नो २६औं साधारण सभा र निर्वाचन हुने भएकाे छ। प्रदेश महासंघहरु, जिल्ला संघहरु र एशोसिएट सदस्यहरु लगायत वस्तुगत संघ सदस्यहरु प्रतिनिधिहरु महसंघमा हुने भएका छन् । महासंघको प्रतिनिधि प्रदेश महासंघबाट अध्यक्षसहित १५ जना, ५० जनासम्म सदस्य भएको जिल्लाले ३ जना, त्यो भन्दा माथि छानबिन समितिले यकिन गरे बमोजिम हरेक ५० जनामा एक जना, ५ जना भन्दा बढी प्रतिनिधि पठाउनेले एक जना महिला अनिवार्य, एशोसिएट सदस्यहरुबाट एशोसिएट सदस्य समन्वय समितिका संयोजकसहित ३९ जना र प्रत्येक बस्तुगत संघबाट एक जना साधारण सभा प्रतिनिधि हुने भएका छन् ।

प्रतिनिधिको नामावली यहि पुस २९ गतेसम्म केन्द्रीय कार्यालयमा पठाउन महासंघले आग्रह गरेको हाे।