Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


सरकारविरूद्ध माईतीघर मण्डलामा जेनजीको आज पनि प्रदर्शन (तस्बिरसहित)

'जेनजीको माग हरायो, निर्वाचन भनि करायो’

130
Shares

काठमाडाैं। जेनजी विद्रोहका मागहरु पूरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी पुस्ता समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेकाे छ।

सरकारले जेनजी विद्रोहको भावनाअनुरुप अगाडि नबढेको भन्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन् । यसअघि सोमबार भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै जेनजी अगुवा ढुंगाना लगायतलाई नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीहरुले ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ ‘अतिभो राजनीतिक खेल, आमा सरकार फेल, घाइतेका माग पूरा गर, जेनजीको माग चुनाव होइन सुशासन हो’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन्।

केही जेनजी समूहहरुले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेनजी विद्रोहमाथि भएको दमनमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ।