काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार ३ महिनासम्म भारतको एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्किनुभएकाे छ।
जेनजी आन्दोलनका क्रममा घरमा भएको आगजनीमा गम्भीर घाइते भई जीवन-मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि नेपाल फर्किनुभएकाे हाे। गत २४ भदौमा खनालदम्पती बसोबास गर्ने निवासमा भएको आगजनीमा चित्रकारको शरीरको करिब १५-१७ प्रतिशत भाग जलेको थियो। विशेष गरी देब्रे हातमा गम्भीर चोट लागेफछि सङ्क्रमण फैलिँदै जाँदा अवस्था जटलि बनेको थियाे।
शुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भए पनि फोक्सोमा निमोनियाको सङ्क्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उहाँलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो। एपोलो अस्पतालमा भर्ना भएपछि उहाँको लामो समय आईसीयूमा राखेर उपचार गरिएको थियो।





प्रतिक्रिया दिनुहोस्