काठमाडाैं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ।
नेप्से परिसूचक १३ दशमलव ८८ अंकले घटेर २ हजार ५ सय ८१ दशमलव २१ विन्दुमा ओर्लिएको हाे।बजारमा कुल ३ सय ३२ कम्पनीका ९१ लाख ६७ हजार कित्ता सेयर ६५ हजार ३ सय १२ पटक खरिद बिक्री भएका भएकाे छ। यसबाट कुल ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको हाे।
अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। नेप्सेका अनुसार २ सय कम्पनीको सेयर मूल्य घटेको छ । ५४ कम्पनीको मूल्य बढेको हाे । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएकाे छैन। बजारमा ट्रेडिङ बाहेक सबै समूहका सूचकमा गिरावट आएको छ । होटल तथा जीवन बीमा कम्पनी समूह एक फ्रतशित बढीले घटेको हाे।
बजार समग्रमा घटे पनि केही कम्पनीको मूल्यमा भने उल्लेख्य वृद्धि देखिएको छ । एसवाई प्यानलको सेयर मूल्यमा ९ दशमलव ९९ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको हाे। त्यस्तै, सिटिजन्स बैंक डिबेन्चर ६ दशमलव ०१ प्रतिशत र कुमारी बैंक डिबेन्चर ५ दशमलव ९२ प्रतिशतले बढेका छन् । बजारमा मानुषी लघुवित्तको सेयर सबै भन्दा बढी ६ दशमलव८४ प्रतिशतले घटेको हाे।
कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेका छ। यस बैंकको १० करोड ३० लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हाे। त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड २६ लाख, मञ्जुश्री फाइनान्सको ७ करोड ३९ लाख र हिमालयन हाइड्रोपावरको ७ करोड २९ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएकाे छ।





प्रतिक्रिया दिनुहोस्