Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


मन्दिरकाे भेटी अपचलनको विषय पेचिलो बन्दै

मन्दिरमा चढाएको भेटीमा बक्र-दृष्टि

1.1k
Shares

अर्घाखाँची। अर्घाखाँचीको सुपादेउराली मन्दिरमा चढाइएको भेटी अपचलन भएको पाइएको छ।

मन्दिर संरक्षणका लागि गठन गरिएको समितिका सदस्य नै भेटी अपचलनमा संलग्न भएको आरोप लागेकाे हाे । साेही मन्दिर संरक्षणका लागि गठन गरिएको समितिका सदस्यमाथि नै मन्दिरको भेटी अपचलन गरेको आरोप लागेको छ । सुपादेउराली मन्दिर संरक्षण समितिले २८ लाख भेटी अनियमितता भएको जनाएको हाे। मन्दिर संरक्षण समितिको १३ औं साधारणसभामा आर्थिक गतिविधि प्रस्तुत गर्दा अधिकांश खर्च सही ढंगले नआएको बताइएको छ।

मन्दिरको नयाँ स्वरुप दिनका लागि मन्दिरका योजनाकार स्वर्गीय नरनारायण बाबाको मूर्ति निर्माणमा ७० हजार रकम पेश्की खर्च देखाए पनि त्यसको कुनै उपलब्धी देखिएको छैन। त्यस्तै, मन्दिर व्यवस्थापनमा दैनिक ९ लाख ६२ हजार खर्च जस्ता विषय वस्तु आर्थिक खर्चमा उल्लेख गरिएको छ। यसले अनियमितताको शङ्खा बढाएको सन्धिखर्क नगरपालिकाले जनाएको छ। मन्दिर व्यवस्थापन समितिले यसअघि विभिन्न बहानामा शुल्क उठाइरहेको थियो। अनियमितताको आशंकापछि नगरपालिकाले एक्सन लिंदै अनावश्यक शुल्क नलिन निर्देशन नै दिएको छ ।

सुपादेउराली मन्दिर संरक्षण समितिका कामलाई रोक्ने गरी नगरपालिकाको निर्देशन पछि समिति र पालिकाबीच विवाद देखिएको छ। पालिकाले समितिको काम कारबाहीमा हस्तक्षेप गर्ने अधिकार नभएको समितिका सदस्यहरुले बताउन थालेका छन्। राजनीतिक भागबण्डाको आधारमा गठन हुने गरेको मन्दिर संरक्षण समिति र पालिकाको विवादले अनियमिताको विषय अझ पेचिलो बन्ने देखिएको हाे।