Logo ९ माघ २०८२, शुक्रबार | Sat Jan 24 2026


जेनजी युवाले आफ्नो स्वर परिवर्तन गरिरहेकोप्रति मेयर महर्जनकाे आपत्ति

जेनजीको बुद्धि पलाउन बाँकी रहेको र निर्वाचन सफलीभूत गराउन सहयोग गर्नुपर्नेमा जाेड

481
Shares

काठमाडाैं। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजी युवाहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ।

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो। उहाँले वर्तमान अन्तरिम सरकारलाई आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गरी नयाँ जनभावननाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताउनुभयो । तर जेनजीहरुले पछिल्लो समय निर्वाचन हुनै नदिने भनेर स्वर निकालिरहेको उहाङ्ँकाे भनाइ छ। निर्वाचन हुनैपर्ने र निर्वाचन सफलीभूत बनाउने काममा जेनजीहरुले पनि सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो।

मेयर महर्जनले जेनजीहरुको बुद्धि पलाउन बाँकी रहेको र निर्वाचन सफलीभूत गराउन सहयोग गर्नैपर्ने बताउनुभयो।