Logo ९ माघ २०८२, शुक्रबार | Sat Jan 24 2026


पुस १२ गतेभित्र राष्ट्रियसभाकाे बैठक बोलाउने अध्यक्ष दाहालकाे तयारी


468
Shares

काठमाडाैं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यहि पुसको दोस्रो हप्ता राष्ट्रियसभाकाे बैठक बोलाउने तयारी गरिएको बताउनुभएको छ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको मंगलबार बसेकाे बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै सोही बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको समेत उहाँले बताउनुभयो।

अध्यक्ष दाहालले राष्ट्रियसभा बैठक बोलाउने कुरामा सरकार असहमत नभएको पनि बताउनुभयो । उहाँले बैठक सञ्चालनका लागि बिजनेसको भने अभाव हुने देखिएको बताउनुभएकाे छ । करिब १० दिनसम्मका लागि बिजनेस भएता पनि अरु बिजनेस नभएको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले राष्ट्रिय सभालाई चलाउनका लागि विजनेशको अभाव हुने अवस्था रहेको बताउनुभयो।