Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


ई-सेवाद्वारा ‘लाखौं लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक


377
Shares

काठमाडौं। नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौं लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको जनाएको छ।

यो योजना अन्तर्गत वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशबाट ई-सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने ग्राहकहरूले नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले बताएको हाे। कम्पनीका अनुसार हरेक हप्ता ४ जना सहभागीले अधिकतम २६ हजार रुपैयाँसम्म पुरस्कार जित्न सक्ने भएका छन् । बम्परतर्फ एक जना भाग्यशाली विजेताले २ लाख २ हजार ६ सय रुपैयाँ प्राप्त गर्ने भएका हुन्।

यस योजनाकाे बारेमा जानकारी दिँदै ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले योजनामा रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरू सहभागी भई आकर्षक नगद पुरस्कारहरु जित्नसक्ने बताउनुभयो। योजना अमेरिका, बेलायत, क्यानाडा, साउथ कोरिया, जापान, रोमानिया, मलेसिया, यूएई र साउदी अरेबिया लगायत विश्वका विभिन्न देशबाट ई-सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरूका लागि लागू हुने कम्पनीले उल्लेख गरेकाे हाे।

विजेताहरूको छनोट ‘लकी ड्र’ प्रणालीमार्फत गरिने कम्पनीले जनाएको छ।