Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


देवघाट प्लास्टिकमुक्त क्षेत्र


0
Shares

काठमाडौं ।
नेपालको पवित्र तिर्थस्थल मध्येको एक चितवन र तनहुँको संगमस्थल देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइएको छ ।

पाँच धाम मध्येको एक देवघाट धामलाई देबघाट क्षेत्र विकास समितिले चितवन नवलपरासी र तनहुँका तीनवटा पालिकाको समन्वयमा प्लास्टिक मुक्त क्षेत्र बनाइएको हो । देवघाट ५ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा रहेको छ ।

सोही क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्नको सहमति नामक संस्थाले प्राविधिक सहयोग गरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरी लौडारीले बताउनुभयो । उहाँले पवित्र तीर्थस्थललाई प्रदूषणमुक्त गर्दै नदी हाम्रो सभ्यता हो भन्ने सन्देश दिनेगरी देवघाटलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको बताउनुभयो ।

देशका खोला नदी प्रदूषणको चपेटामा पर्दै गएको अवस्थामा देवघाट धाम पनि आगामी दिनमा प्रदूषण हुनसक्ने देखिएकाले भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाको समन्वयमा देवघाटलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गरिएकाे छ ।

देवघाटलाई प्लास्टिक मुक्त क्षेत्र घोषणाको फोहोर सङ्कलन स्थल, सार्वजनिक शौचालय निर्माण, खानेपानी सुविधा लगायतका पूर्वाधार निर्माणका काम समेत भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।