Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


एसीसी पुरूष यू-१९ एसिया कपमा आज २ खेल हुँदै

नेपालले पहिलो खेल श्रीलंकासँग भाेलि खेल्ने

260
Shares

काठमाडौं । एसीसी पुरुष यू-१९ एसिया कपका खेलहरु शुक्रबारदेखि शुरु हुने भएका छन्।

संयुक्त अरब इमिरेट्स यूएईमा शुक्रबार भारत र आयोजक यूएई, पाकिस्तान र मलेसियाले खेल्ने भएका हुन्। साेही प्रतियोगिताका लागि नेपाली टोली यूएई पुगिसकेको छ। नेपालले पहिलो खेल श्रीलंकासँग शनिबार खेल्ने भएकाे छ। नेपालले दोस्रो खेल यहि मंसिर २९ गते बंगलादेशसँग र तेस्रो खेल आगामी पुस २ गते अफगानिस्तानसँग खेल्ने कार्य तालिका रहेकाे छ। नेपालले सबै खेल सेभेन्स रंगशालामा खेल्ने भएकाे हाे।

प्रतियोगितामा ८ टोली सहभागी छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका हुन्। दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्ने भएका हुन्। उपाधि भिडन्त भने पुस ६ गते हुने भएकाे छ।