Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


म्यानमारको एक अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा परी ३० जना बढीको मृत्यु, ६८ घाइते


559
Shares

एजेन्सी। म्यानमारको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको मृत्यु भएको एएफपीले जनाएको छ।

म्यानमारको गृहयुद्ध शुरु भएदेखि जुन्टाले हवाई आक्रमण बढाएको द्वन्द्व पर्यवेक्षकहरूले बताएका हुन्।सेनाले डिसेम्बर २८ तारिखदेखि शुरु गर्ने मतदानको विरोध घोषणा गर्दै विद्रोहीहरूले यसलाई आफ्नो नियन्त्रणको क्षेत्रबाट रोक्ने बाचा गरेका छन् । जसलाई जुन्टाले फिर्ता लिन लडिरहेको छ। एक सैन्य जेटले बुधबार साँझ बंगलादेशको सीमानामा रहेको पश्चिमी राखाइन राज्यको म्राक-यूको अस्पतालमा बम प्रहार गरेको अस्पतालका सहायताकर्मी वाई हुन आङले बताएका हुन् ।

अवस्था निकै डरलाग्दो भएको बताउदै उनले ६८ जना घाइते भएकाले थप मानिसहरुको मृत्यु हुन सक्ने समेत बताएका छन्। अस्पताल बाहिर जमिनमा करिब २० वटा शव देखिएको जनाइएको छ।