Logo २५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025


पूर्व-गृहमन्त्री लेखकमाथि छुट्टै अनुसन्धान गर्ने अख्तियारकाे तयारी


676
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि छुट्टै अनुसन्धान गर्ने भएको छ।

भिजिट भिसा प्रकरणमा अख्तियारले बिहीबार घुस रिसवत र सम्पत्ति शुद्धीकरणमा २ छुट्टाछुट्टै अभियोगमा तत्कालीन विमानस्थल अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको हाे। अख्तियारले तत्कालिन गृहमन्त्री लेखकको हकमा भने छुट्टै अनुसन्धान गर्नुपर्ने भनी अभियोग पत्रमा उल्लेख गरेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले बताउनुभएकाे छ।

प्रमुख अध्यागमन प्रमुख भट्टराईको निवेदनका साथ प्राप्त भएको डायरी तथा नेपाल टेलिकमबाट प्राप्त सीडीआर विवरणबाट तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारी तथा स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको खुल्न आएको सन्दर्भमा निज प्रतिवादी भट्टराईको तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन विभागका महानिर्देशक, तत्कालीन शान्ति सुरक्षा हेर्ने महाशाखाका प्रमुखसँग गैरकानूनी रकम लेनदेन भएको हुनसक्ने देखिएकोले बदनियतपूर्वक सेटिङ गरी भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुख, गृह मन्त्रालयका प्रशासन हेर्ने महाशाखाका प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृह सचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरू संलग्नताको सम्बन्धमा अनुसन्धान भइरहेको अभियोगपत्रमा उल्लेख गरिएकाे छ।