Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


आफू सभापतिको उम्मेदवार हुने बारेमा कुनै आशंका छैन: नेता काेइराला (भिडियाेसहित)

कांग्रेसकाे १५ औं महाधिवेशन १०-१२ दिन पछाडी सर्न सक्ने

624
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औं महाधिवेशनमा आफू स्वाभाविक रुपमा सभापतिको उम्मेदवार भएको बताउनुभएको छ।

ईमेज टेलिभिजनको लाेकप्रिय कार्यक्रम हट सिटमा प्रस्ताेता विकास थपलियासँग कुरा गर्दै नेता कोइरालाले महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने विषयमा कुनै आशंका नरहेको दावी गर्नुभएको हो। महाधिवेशनमा शक्ति बाँडफाँडको कुरा नहुने उहाँको भनाइ छ। सार्वजनिक कार्यतालिका अनुसार महाधिवेशन कति सम्भव भन्ने प्रश्नमा उहाँले महाधिवेशन १०-१२ दिन सर्नसक्ने बताउनुभयो।

नेता कोइरालासँग गरिएको पूरा संवाद बिहीबार राति ८ बजे ईमेज टेलिभिजनमा प्रसारण हुने भएकाे छ। साेही कार्यक्रम ईमेज च्यानलको युट्युबसहितका सामाजिक सञ्जालमार्फत पनि हेर्न सकिनेछ।

भिडियाे: