Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


शेयर बजारमा आज पनि गिरावट

३ अर्ब ४९ करोड ७९ लाख रूपैयाँकाे काराेबार

117
Shares

काठमाडौं। हप्ताकाे अन्तिम कारोबार बिहीबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) करिब १ दशमलव ६६ अंकले घटेको छ।

२ हजार ६ हजार ७ दशमलव ३७ विन्दुमा बन्द भएको हो। यो बुधबारकाे तुलनामा ० दशमलव ०६ प्रतिशतको गिरावट आएकाे छ। नेप्सेमा ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। ३ सय २६ कम्पनीका ७७ लाख ६८ हजार ६ सय १ कित्ता सेयर ६९ हजार ७ सय २९ पटक किनबेच भएका हुन् ।

कारोबारमा आएका कम्पनीहरूमध्ये ९८ वटा कम्पनीको सेयर मूल्य बढेको छ। १ सय ४९ वटा कम्फनीको मूल्य भने घटेको हाे। ११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन। सर्वाधिक कमाउने कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल रहेका छन् । स्वस्तिक सेयर मूल्य १० प्रतिशतले र एसवाई प्यानलको ९ दशमलव ९८ फ्रतशितले बढेको हाे।

कारोबार रकमका आधारमा ङादी पावर अग्रस्थानमा रहेको छ। यसको १८ करोड ९७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हाे। त्यस्तै, साहस ऊर्जाको लागि १२ करोड ३५ लाख रुपैयाँको कारोबार हुँदा अन्य स्क्रिपको कारोबार १० करोड भन्दा कम छ। समग्रमा बजार पूँजीकरण ४३ खर्ब ७७ अर्ब ८३ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएकाे हाे।