Logo २५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025


निर्वाचन गराउन तयार युक्रेन


156
Shares

काठमाडौं ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू युक्रेनमा निर्वाचन गराउन तयार रहेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्की चुनाव टार्नका लागि युद्ध लम्ब्याउने रणनीतिमा रहेको आरोप लगाएपछि उहाँले यस्तो बताउनुभएको हो । सन २०१९ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएका जेलेन्स्कीको कार्यकाल सन २०२४ मा नै सकिएको थियो ।

रुसले सन २०२२ देखि आक्रमण गरेपछि सैनिक शासन लागू गरिएको युक्रेनमा चुनाव हुन सकेको छैन । जेलेन्स्कीले अमेरिका लगायत युक्रेनका सहयोगीहरुले मतदान सुरक्षाको ग्यारेन्टी गरे आफू ६० देखि ९० दिन भित्रमा निर्वाचन गराउन तयार रहेको बताउनुभएको छ ।

युक्रेनको निर्वाचन सोही देशका नागरिकको सरोकरको विषय रहेको समेत उबहाँको भनाई छ । लामो समयदेखि रुससँग युद्धको सामना गरिरहेको युक्रेनले आफ्नो धेरै भूमी गुमाइसकेको छ । अमेरिकाले रुस र युक्रेनबीच शान्ति वार्ताको प्रयास गरेपनि त्यो सफल हुन सकिरहेको छैन ।