काठमाडौं ।
अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजकाअनुसार १६ वर्ष मुनिका बालबालिकाका लागि अष्ट्रेलियाको विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिवन्धले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्नेछ ।
बुधवारदेखि लागू हुने सामाजिक सञ्जाल प्रतिवन्धमा समर्थन गरेकोमा अल्बानीजले मंगलवार अष्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूलाई धन्यवाद दिन पत्र लेख्नुभयो । यो सांस्कृतिक परिवर्तन हो ।
जुन अष्ट्रेलियाले अभिभावकहरूलाई ठूलो मानसिक शान्ति प्रदान गर्न र अष्ट्रेलियाली बालबालिकाको बाल्यकाल सुनिश्चित गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।
नोभेम्बर २०२४ मा संघीय संसदले पारित गरेको कानून अन्तर्गत, केही सामाजिक सञ्जाल प्लेटफर्महरूले १६ वर्ष मुनिका बालबालिकालाई खाता बनाउनबाट रोक्न उचित कदम चाल्नुपर्छ । अहिलेसम्म १० सामाजिक सञ्जाल प्लेटफर्महरूलाई प्रतिवन्ध लागू गर्न निर्देशन दिइएको छ ।
फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स, युट्युब, किक र रेडिट प्रतिवन्ध गर्न निर्देशन दिइएको हो । अधिकारीहरूले आवश्यकता अनुसार सूची अद्यावधिक गर्न सक्छन् । भिडियो सन्देशमा अल्बानीजले सरकारले एल्गोरिदम, अनन्त सामाजिक सञ्जाल फिडहरू र उनीहरूले ल्याउने दबाबको साथ हुर्केका बालबालिकाहरूलाई सहयोग गर्न परिवर्तन गरेको बताउनु भयो ।
कानून अन्तर्गत प्रतिवन्ध उल्लङ्घन गरेकोमा आमाबुबा र बालबालिकालाई दण्डित गरिने छैन । यसलाई लागू गर्ने जिम्मेवारी पूर्ण रूपमा सामाजिक सञ्जाल प्लेटफर्महरूमा राखिएको छ । गम्भीर वा बारम्बार उल्लङ्घन गर्ने प्लेटफर्महरूले ४ करोड ९५ लाख अस्ट्रेलियाली डलर ९लगभग ३ करोड २८ लाख अमेरिकी डलर० सम्मको जरिवाना भोग्नुपर्नेछ । यद्यपि सरकारले सबै नाबालिग खाताहरू पहिचान गर्न उमेर आश्वासन प्रविधिले केही समय लिने कुरा स्वीकार गरेको छ ।





प्रतिक्रिया दिनुहोस्