Logo २४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025


प्रधानमन्त्री ताकाचीलाई ताइवानको टिप्पणी फिर्ता लिन दबाब


442
Shares

काठमाडौं ।
टोकियोमा एक दर्जनभन्दा बढी जापानी विद्वान, पूर्व सरकारी अधिकारी र मिडिया व्यक्तित्वहरूले एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री साने ताकाचीलाई ताइवानको बारेमा आफ्नो पहिलेको गलत टिप्पणी तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

टिप्पणीले जापान–चीन सम्बन्धलाई अझ तनावपूर्ण बनाउन सक्ने चेतावनी दिएका छन् ।

जापानी नागरिक समूह मुरायामा स्टेटमेन्टको लागि उत्तराधिकार र प्रचार एशोसिएशनद्वारा आयोजित कार्यक्रममा सहभागीहरूले डाइटमा ताकाचीको टिप्पणीले ताइवान प्रश्नमा क्रमिक जापानी सरकारहरूले कायम राखेको आधारभुत अडानबाट स्पष्ट रूपमा विचलित भएको बताए ।

कार्यक्रममा, नागरिक समूहका महासचिव ताकाकागे फुजिताले तकाचीले आफ्ना टिप्पणीहरू फिर्ता लिन माग गर्दै एक विज्ञप्ति पढेर सुनाए । आओयामा गाकुइन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक कुमिको हाबाले ताकाचीको टिप्पणीले युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको विरोधाभास भएको बताउनु भयो । उहाँले १९४३ को कायरो घोषणापत्र र १९४५ को पोट्सड्याम घोषणापत्रले ताइवानमाथि चीनको सार्वभौमिकतालाई पुष्टि गरेको उल्लेख गर्नुभयो ।