काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित सभापति देउवाको अस्थायी निवास महाराजगञ्जमा उहाँलाई भेट्न शुक्रबार पुग्नुभएकाे हाे। ओली र देउवाको भेटमा पूर्वपरराष्ट्रमन्त्री एवं देउवा पत्नी आरजु राणा देउवा पनि सहभागी हुनुभएकाे थियाे। ओलीको सचिवालयले देउवा ओलीको भेटमा आरजु र राधिका पनि सँगै रहेको तस्बिर सार्वजनिक गरेको छ।
गत भदौ २३ गतेको जेनजी आन्दोलनपछि देउवा र ओलीबीच पहिलो पटक भेट भएको हाे। २ जना नेताको भेटमा पछिल्लो राजनीतिक घटना क्रमकाे बारेमा कुराकानी भएको बुझिएकाे छ।





प्रतिक्रिया दिनुहोस्