Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सकाे जित

विराटनगर किंग्स भने ५ विकेटले पराजित

507
Shares

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स विजयी भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएकाे पहिलाे खेलमा लुम्बिनीले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेकाे हाे। विराटनगरले दिएको १ सय १५ रनको लक्ष्य लुम्बिनीले ओपनर डार्शी सर्टको अर्धशतकको मद्दतमा ५ विकेटको क्षतिमा १७ दशमलव ४ ओभरमा पूरा गरेकाे थियाे।

जितसँगै लुम्बिनीको शीर्ष चारमा परेर प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ। उसले ६ खेलमा ३ जित निकाल्दै ६ अंक जोडेको छ भने चौथो स्थानमा उक्लिएको छ। यता अन्तिम खेलअघि ४ खेलमा जित र ३ खेलमा पराजय भोग्दै ८ अंक भएको विराटनगरले प्लेअफमा पुग्न अझै कुर्न पर्ने भएको हाे।

अन्तिम खेलमा लुम्बिनीले जनकपुर बोल्ट्स र विराटनगरले सुदूरपश्चिम रोयल्ससँग खेल्ने भएकाे छ। अन्तिम खेलमा लुम्बिनीका लागि जित आवश्यक छ। तर विराटनगरले भने हार ब्याहोरे पनि रनरेटको आधारमा प्लेअफमा पुग्न सक्छ। बुधबार महत्वपूर्ण जित निकालेको लुम्बिनीको जितमा ओनपर डार्शी सर्टले अर्धशतक प्रहार गरेका थिए।

उनले ४४ बलमा ५७ रन बनाउने क्रममा ६ चौका र २ छक्का प्रहार गरेका थिए।