Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिन वैकल्पिक शक्तिलाई उर्जामन्त्री घिसिङकाे आग्रह

राजनीतिमा सही, सक्षम र इमान्दार व्यक्ति प्रवेश गर्नुपर्नेमा जाेड

182
Shares

काठमाडाैं। उर्जा, जलस्रोत तथा सिचाईमन्त्री कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नसके मात्र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने बताउनुएको छ।

काठमाडाैंमा बुधबार उज्यालो नेपाल पार्टी (उनेपा)को घोषणा सभालाई सम्बोधन गर्दै उहाँले मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण भएको बताउनुएको हो। उहाँले आगामी फागुन २१ गतेपछि कस्तो सरकार बन्छ भन्ने प्रश्न र चासो आम नागरिकमा रहेको उल्लेख गर्दै नयाँ विकल्पको रूपमा उनेपाको स्थापना भएको बताउनुभयो। उहाँले परिवर्तनको नेतृत्व नयाँ पुस्ताका सक्षम व्यक्ति, संस्था र संगठित जनसमूदायले गर्न आवश्यक रहेको पनि बताउनुभएकाे छ।

मन्त्री घिसिङले आम नागरिकको इच्छा र आकांक्षाका आधारमा वैकल्पिक शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। घिसिङले वैकल्पिक राजनीतिक शक्ति एक ठाउँमा नआएसम्म परिणाममुखी परिवर्तन सम्भव नहुने जिकिर गर्नुभयो। बिग्रिएको बेला गाली गर्ने तर अवसर आउँदा पछि हट्ने प्रवृत्तिले मुलुकको विकास सम्भव नरहेको उहाँको भनाइ छ।

राजनीतिमा सही, सक्षम र इमान्दार व्यक्तिहरू प्रवेश गर्नुपर्नेमा उहाँको जोड थियो। मन्त्री घिसिङले प्रमुख अतिथिको रुपमा पार्टी घोषणा सभाको सम्बोधन गर्नुभएकाे थियाे।

Skip This