Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


समानुपातिक निर्वाचन प्रणालीतर्फको चुनावी कार्यक्रम मंसिर २१ गतेदेखि शुरू हुने


676
Shares

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यहि मंसिर २१ गतेदेखि शुरू हुने भएको छ।

निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगले जनाएकाे हाे। प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिने भएकाेछ। त्यसैगरी आगामी पुस १३-१४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समय तोकिएको छ। आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित गरिने आगाेगले जनाएकाे हाे। प्रारम्भिक सूची उपर दावी विरोध र उजुरीको छानबिन गरी माघ २० गते उम्मेदवारहरूको अन्तिम बन्द सूची प्रकाशन गरिने छ।

विद्यमान कानून अनुसार प्रतिनिधि सभाका २ सय ७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । प्रतिनिधि सभामा १ सय ६५ सदस्यको प्रत्यक्ष र बाँकी १ सय १० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने कानूनी व्यवस्था रहेको छ। प्रत्यक्षतर्फ भने माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यतालिका रहेकाे आयाेगले जनाएकाे हाे।

Skip This