Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


एनपीएल क्रिकेटमा काठमाडाैं गोर्खाजकाे चौथो जित

कर्णाली याक्सकाे भने चौथो हार बेहोर्याे

572
Shares

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडाैं गोर्खाजले चौथो जित निकालेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ भएकाे खेलमा काठमाडाैंले कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेकाे हाे। कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाडाैंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे छ। काठमाडाैंकाे जितमा विदेशी ब्याटरले संयमित ब्याटिङ गरेका थिए। जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाडाैंलाई जितको बाटो देखाएका हुन् ।

जोन ४१ रनमा आउट हुँदा जेरार्ड ४३ रनमा अविजित रहेका थिए । वेन चाल्र्सवर्थ ३४, मिलिन्द कुमार १५, आकाश त्रिपाठी ८ र रसिद खान ० रनमा आउट भएका थिए । बलिङमा कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट लिएका हुन् ।

योसँगै एनपीएलमा काठमाडाैंले ६ खेलमा चौथो जित दर्ता गरेको छ। कर्णालीले भने चौथो हार बेहोरेको हाे। ५ खेलमा कर्णालीले एक मात्र जित निकालेको छ।