Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


पार्टी फुट्नु भन्दा मिलाउन आगामी पुसमा महाधिवेशन गर्ने याेजनामा छु: सभापति देउवा

संस्थापन इतर पक्षले विशेष महाधिवेशन माग गरेको प्रस्ताव फिर्ता लिनुपर्ने

1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन माग गरेको प्रस्ताव फिर्ता भएकाे खण्डमा आगामी पुसमा नियमित महाधिवेशन गर्ने बताएकाे छ।

संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले आइतबार पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका हुन्। उनीहरुले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई गत असोज २९ गते २ हजार ४ हजार ८८ महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर फिर्ता भए मान्ने बताएका छन्।

केन्द्रीय सदस्यहरू लक्ष्मी खतिवडा, जितजंग बस्नेत, गुरु बराल, डा. रणबहादुर रावल, रुपा बिक, चन्द्र केसीलगायत २० बढी केन्द्रीय सदस्यहरू आइतबार महाराजगञ्जस्थित देउवा निवासमा पुगेका थिए। साेही भेटमा देउवाले पार्टी फुट्नु भन्दा मिलाउन पुसमा १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउने बतारउनुभएकाे हाे। त्यसको जवाफमा केन्द्रीय सदस्यहरूले आफूहरू निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न तयार रहेको तर विशेष महाधिवेशनको माग गर्दै बुझाइएको हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त अघि सारेका थिए।

त्यसमा सभापति देउवाले आफू पार्टी एकढिक्का हुने गरी मिलाउन लागिरहेको बताएको भेटमा सहभागी एक नेताले बताउनुभयाे।

Skip This