काठमाडौं। गोरखामा रोकिराखेको बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।
गोरखाबाट आइतबार नारायणगढतर्फ जाँदै गरेको ना.४ ख १४१९ नम्बरको बस सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले बताएकाे हाे। आँबुखैरेनी-गोरखा सडक खण्डको १२ किलोमा बस दुर्घटना भएको थियाे। साेही दुर्घटनामा परी घाइते भएका दुई जनालाई उपचारको लागि चितवनको भरतपुर पठाइएको र अन्य घाइतेहरूको गोरखा अस्पतालमा उपचार जारी रहेकाे जिल्ला प्रहरी कार्याल गाेरखाले जनाएकाे छ।
घाइतेहरूको अवस्था मध्यम र सामान्य रहेकाे प्रहरीले बताएकाे हाे।





प्रतिक्रिया दिनुहोस्