Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


गोरखामा बस दुर्घटना हुँदा १८ जना घाइते, घाइते सबैकाे उपचार जारी


208
Shares

काठमाडौं। गोरखामा रोकिराखेको बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

गोरखाबाट आइतबार नारायणगढतर्फ जाँदै गरेको ना.४ ख १४१९ नम्बरको बस सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले बताएकाे हाे। आँबुखैरेनी-गोरखा सडक खण्डको १२ किलोमा बस दुर्घटना भएको थियाे। साेही दुर्घटनामा परी घाइते भएका दुई जनालाई उपचारको लागि चितवनको भरतपुर पठाइएको र अन्य घाइतेहरूको गोरखा अस्पतालमा उपचार जारी रहेकाे जिल्ला प्रहरी कार्याल गाेरखाले जनाएकाे छ।

घाइतेहरूको अवस्था मध्यम र सामान्य रहेकाे प्रहरीले बताएकाे हाे।