Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


हप्ताको पहिलो दिन नेप्से २६ अंकले घट्याे

७ अर्ब ८ करोड ५४ लाख रूपैयाँकाे काराेबार

104
Shares

काठमाडौं। हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६ दशमलव ५१ अंकले घटेको छ।

७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेको हो। नेप्से घटेसँगै २ सय ११ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाे छ। ४५ वटा कम्पनीको सेयर मूल्य भने बढेकाे हाे। तर मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने कुनै घटबढ भएन।

सेयर कारोबारमा सागर डिस्ट्रीलरीको सेयर बिक्री गर्नेले सबै भन्दा बढी नाफा आर्जन गरेका छन्। १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को बिक्रीकर्ताले भने सबै भन्दा बढी गुमाएका हुन्। नेप्सेमा भएको गिरावटसँगै उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचकमा गिरावट आएकाे छ ।