Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


आफू प्रधानमन्त्री हुँदा गरेका राम्रा काम जनताकोबीचमा लैजान नेता तथा कार्यकर्तालाई सह-संयोजक नेपालकाे निर्देशन

सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो बन्ने दावी

351
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधव नेपालले आफू र संयाेजक पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा गरेका राम्रा कामहरू जनताकोबीचमा लैजान नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ।

धनगढीमा शुक्रबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले आफूहरूसहित सबै नेताहरूले गरेको काम जनताकोबीचमा लगेर राख्नुपर्नेमा जाेड दिनुभएकाे हाे। जेनजी आन्दोलनपछि संयाजक दाहाल र आफू राष्ट्रपति रामचन्द्र पाैडेल कहाँ गएर रातभरी बसेर संकटमा देश बचाउन भूमिका खेलेको समेत उहाँले जिकिर गर्नुभयाे।

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै आफ्नो मात्रै प्रशंसा चाहनेहरू पनि रहेको उहाँले टिप्पणी गर्नुभएकाे छ। सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो बन्ने सह-संयाेजक नेपालकाे दावी रहेकाे हाे।