Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


कार्की नेतृत्वकाे सरकारविरूद्ध काठमाडौंमा जेनजी समूहकाे प्रदर्शन


390
Shares

काठमाडौं। जेनजी समूहले काठमाडौंको माइतीघरमा सुशीला कार्की नेतृत्वकाे सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

माइतीघरमा बिहीबार भेला भएर पम्प्लेटसहित उनीहरुले सरकारको विरोध गरेका हुन्। उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर “ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा, सुशीलाको पाराले दु:ख पाए साराले, जेनजीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी” जस्ता नाम लेखेका पम्प्लेट बाेकेर प्रदर्शन गरेका छन् ।

जेनजी समूहले केही दिन अघिदेखि वर्तमान सरकारकाे विरुद्धमा विराेध प्रदर्शन समेत गर्दै आएकाे हाे। पछिल्लाे समय आफूहरुका माग सरकारले पूरा नगरेकाे भन्दै उनीहरु आक्राेशित हुँदै आएका छन् ।

Skip This