Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


प्यान नम्बर लिनेको संख्या ७० लाख नाघ्यो


676
Shares

काठमाडौं। सरकारले करको दायरा विस्तारमा तीव्रता दिएसँगै पछिल्ला वर्षहरूमा करदाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

आन्तरिक राजश्व विभागको पछिल्लो तथ्यांक अनुसार व्यवसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको कुल संख्या ७० लाख नाघेको हाे। त्यस्तै, आय विवरण बुझाउने करदाताको संख्यामा पनि आन्तरिक राजश्व विभागको तथ्यांक अनुसार उत्साहजनक सुधार देखिएको छ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ सम्ममा व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या २१ लाख ४५ हजार ८ सय २० पुगेको हाे। आर्थिक वर्ष २०८०/८१ मा १ लाख ५१ हजार ३ सय ७७ जना नयाँ करदाताले व्यवसायिक पान लिएका थिए भने आव २०८१/८२ मा १ लाख १८ हजार १ सय ३८ जना थपिएका छन्।

Skip This