Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


एनपीएल क्रिकेटमा काठमाडाैं गोर्खाज विजयी

लुम्बिनी लायन्स भने २२ रनले पराजित

338
Shares


काठमाडाैं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडाैं गोर्खाज विजयी भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएकाे खेलमा काठमाडाैंले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो। मध्यक्रमका ब्याटरले खराब प्रदर्शन गरेपछि लुम्बिनीले लगातार दोस्रो खेलमा पराजय भोगेको छ। काठमाडाैंले ४ खेलमा दोस्रो जित निकाल्दै प्लेअफमा पुग्नका लागि राहत पाएको हाे।

पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको लुम्बिनीले पछिल्ला दुई खेलमा पराजय भोगिसकेको छ। अघिल्लो खेलमा लुम्बिनीलाई कर्णाली याक्सले ९ विकेटले पराजित गरेको थियाे। मंगलबार काठमाडौंले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव १ ओभरमा १ सय ३५ रनमा अलआउट भएकाे छ।

Skip This