Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन नेता तथा कार्यकर्तालाई सह-संयाेजक नेपालकाे आग्रह


299
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएकाे छ।

अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको बताउनुभएको हो। उहाँले पेरिसडाँडा मेरो, आलोकनगर तपाईहरुको भन्ने मानसिकताबाट मुक्त हुन पनि आग्रह गर्नुभयो। यो संगठन मेरो, अर्को संगठन अरुको भन्ने भ्रममुक्त भएर अब सबै जनसंगठनहरुलाई एकतावद्ध गर्नुपर्नेमा उहाँले जोड दिनुभएकाे छ। उहाँले इतिहासको चर्चा गर्दाखेरि पनि २०५२ सालदेखिको मात्रै नभएर २००६ सालदेखिको चर्चा गर्न पूर्वमाओवादी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो।

२०२८ सालदेखि झापा विद्रोहको चर्चा गर्नुपर्ने सह-संयाेजक नेपालको भनाइ छ। उहाँले पार्टीमा योगदान भएका सबै नेताहरुको बारेमा चर्चा गर्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले नेकपा एमालेका कार्यकर्ताहरुले अध्यक्ष केपी ओलीलाई ‘बा’ भन्ने गरेकोप्रति कटाक्ष गर्दै पार्टीभित्र ‘बा’ प्रवृत्ति हावी हुन दिन नहुने बताउनुभएकाे छ। एउटा मात्रै नेताको मात्रै चर्चाले आफूहरुको पार्टीभित्र पनि बा भन्ने प्रवृत्ति हावी हुने उहाँको भनाइ थियाे।

सह-संयाेजक नेपालले एक-अर्काप्रतिको विश्वासले पार्टीलाई नेपाली जनताको आशा र भरोसाको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जाेड दिनुभएकाे छ।