Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


दशैं महँगो बन्दै


0
Shares

काठमाडौं, असोज ७ । आर्थिक अवस्था कमजोर भएका आम नागरिकलाई यो वर्षको दशैं महँगिने भएको छ ।

डलरको मूल्यवृद्धिसँगै लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धि, स्थानीय सरकारले मनपरी ढंगले बढाएको करका साथै भन्सार मूल्यांकन बढेकाले पनि यो वर्ष सर्वसाधारण नागरिकका लागि दशैं महँगो पर्ने भएको हो ।

दशैंको मुखमा बढेको पेट्रोलियम पदार्थको मूल्यले पनि प्रत्यक्ष असर उपभोक्तामा पर्न जान्छ । इन्धनको मूल्यवृद्धिसँगै सवारी साधनको भाडा बढ्ने हुँदा त्यसको असर उपभोक्तामा पर्ने देखिन्छ ।

डलरको भाउ र भन्सार मूल्यांकन वृद्धिले यो वर्ष दशैंमा बढी खपत हुने लत्ताकपडा महँगिने भएको छ । रञ्जना व्यापार संघका अध्यक्ष अञ्जान शाक्य यो वर्ष डलरको मूल्यवृद्धिसँगै भन्सार मूल्यांकन वृद्धि भएकाले दशैंमा कपडा, जुत्ताचप्पल, विद्युतीय उपकरणसँगै अन्य सामानको मूल्य २५ देखि ३० प्रतिशत बढ्ने बताउँछन् । –कारोबार दैनिकबाट