Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


भारतसँगको विद्युत खरिद सम्झौताबाट १ अर्ब २० करोड रूपैयाँ मुनाफा: मन्त्री घिसिङ


520
Shares

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग विद्युत खरिद सम्झौता गरेर १ अर्ब २० करोड बराबर मुनाफा गरेको दावी गर्नुभएको छ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा साेमबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्ताे बताउनुभएको हो। मन्त्री घिसिङले सो विद्युत खरिद सम्झौता गरेर सरकारले गैरकानूनी ढंगले ४३ करोड गुमाएको र यसमा ठूलै आर्थिक चलखेल भएको भन्ने आरोप सत्य नभएको जिकिर समेत गर्नुभयो।

पिइसीको ८ रुपैयाँ १० पैसाको रेट भन्दा अहिलेको ६ रुपैयाँ ९५ पैसाको रेटले करिब १ अर्व २० करोड मुनाफा दिएको उल्लेख गर्दै उहाँले त्यसलाई क्षतिको रुपमा लिन नसकिने समेत दोहोर्याउनुभएकाे छ। सरकारले तत्काल सोही सम्झौता गरेर विद्युत खरिद नगरेको भए मुलुकमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउने मन्त्री घिसिङको भनाइ थियो ।

मन्त्री घिसिङले सरकारले आवश्यकअनुसार भारतसँग डे-टु-डे पनि विद्युत खरिद सम्झौता गर्ने गरेको बताउनुभयो । तत्कालको आवश्यकता पूर्ति गर्न सरकारले सोहीनीति लिने गरेको उहाँले स्पष्ट पार्नुभएकाे छ।

Skip This