Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


शहीदको स्मृति कार्यक्रममा उपस्थिति हुन सरकारका सबै मन्त्रीलाई जेनजी युवाकाे निम्तो


260
Shares

काठमाडाैं। जेनजी २.० राष्ट्रिय अभियानले शहीदहरुको स्मृतिमा मौनधारण कार्यक्रम आयोजना गर्ने भएको छ।

अभियानले सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई माईतीघरमा हुने उक्त कार्यक्रममा निमन्त्रणा गरेको हो । उनीहरुले हालका राष्ट्रिय शैक्षिक स्वास्थ्य, उर्जा र युवासम्बन्धी मुद्दा तत्काल सम्बोधन गर्न पनि माग गरेका छन्। सरकारका प्रतिनिधिहरुको उपस्थितिले युवाहरुको मनोबल बढाउने र शहीदको सपनामा सरकारको प्रतिवद्धता झल्काउने उनीहरुको ठहर छ।

साेही कार्यक्रममा सरकारका सबै मन्त्रीहरुलाई बोलाउने कार्यक्रम रहेको अभियानले जनाएको हाे। गत भदाै २३ गतेको घटनाका दोषीहरुलाई कारबाही हुनुपर्ने माग गरिएको उनीहरुले बताएका छन् । २३ गतेका अपराधीहरुलाई समातेपछि मात्रै २४ गतेको आगजनी र तोड्फोड गर्नेहरुलाई समात्न आग्रह गरेको उनीहरुले बताएका हुन् ।

जेनजी नै अहिलेको सरकारको पर्खाल भएको उनीहरुको दावी छ।