Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


जेनजी विद्रोह विदेशीको कारणले भन्नु लाज लजाउने अभिव्यक्ति भएको नेता किरातीकाे टिप्पणी

२० वर्षदेखि राज्य सत्ताको दोहन गरी देशलाई कंगाल बनाउने काम गरेकाे आराेप

260
Shares

काठमाडाैं। प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता सुदन किरातीले जेनजी विद्रोह विदेशीको कारणले भन्नु लाज लजाउने अभिव्यक्ति भएको टिप्पणी गर्नुभएको छ।

काठमाडाैंमा आइतबार प्रगतिशिल लोकतान्त्रिक पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। उहाँले जेनजी विद्रोह विदेशीको कारणले नभइ नेतृत्वमा रहेका नेताहरुका कारणले भएको जिकिर गर्नुभयो। आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ भन्दै नेता किरातीको प्रश्न समेत गर्नुभएकाे छ।

नेता किरातीले २० वर्षदेखि राज्य सत्ताको दोहन गरी देशलाई कंगाल बनाउने काम गरिएको समेत बताउनुभयो ।