Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न कांग्रेसको महाधिवेशन पक्षधरकाे माग


546
Shares

काठमाडाैं। नेपाली कांग्रेसको महाधिवेशन पक्षधरले महाधिवेशन पक्षधरले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ।

महाधिवेशन पक्षधरले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै विधान अनुसार अगामी पुस २८ गतेभित्रभित्र विशेष महाधिवेशन गर्नेगरी मिति र स्थान तोक्न माग गरेको हो । नेता लेखनाथ पोखरेलले ५५ दिनभित्र विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले महाधिवेशनको मागलाई उपेक्षा गरेर केन्द्रीय समिति बैठकलाई अनिर्णयको बन्दी बनाइएको भन्दै नियमित महाधिवेशनको कार्यतालिका स्वीकार नगरिने समेत बताउनुभएकाे छ।

विशेष महाधिवेशनका बाँकी प्रतिनिधिहरुलाई समेत हस्ताक्षर अभियानमा सहभागी हुन समेत उहाँले आह्वान गर्नुभयो। नेता पोखरेलले पार्टी विधानको धारा १७ (२) बमोजिम तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गर्नुभएकाे छ।