Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त


143
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको सचिवमा तुलबहादुर कंडेललाई नियुक्त गर्नुभएकाे छ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले कंडेललाई सचिव पदमा नियुक्त गर्नुभएकाे हाे। मंगलबारदेखि लागू हुनेगरी उहाँलाई सचिवमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएकाे छ।

कंडेलकाे पद तथा गाेपनीयताकाे शपथ ग्रहण मंगलबारै सिंहदरबारस्थित कृषि समितिको सभाहलमा गरिने भएकाे हाे।