Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


पुराना एम्बुलेन्स सञ्चालनमा राेक (सूचनासहित)

सञ्चालन गरिएकाे पाइएमा अनुमति दर्ता खारेज गर्ने चेतावनी

1.2k
Shares

काठमाडौं । सरकारले १० वर्ष भन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न राेक लगाउने भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै १० वर्ष भन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने व्यवस्था गरिएको जनाएको हाे। एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन सरकारले यस्तो निर्णय गरेको छ।

त्यसैगरी भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई मात्रै भारत आवत-जावत गर्न अनुमति दिइने निर्णय भएको मन्त्रालयले जनाएको हाे।