काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ९ दशमलव ७८ अंकले बढेको छ।
बजार परिसूचक बढेर २ हजार ५ सय ५० दशमलव ३६ विन्दुमा पुगेको हो। कुल ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा ३ सय ३५ विभिन्न कम्पनीका स्क्रिप्टका ६१ भन्दा बढी कारोबार भएको हो। यो कारोबार रकम अघिल्ला केही कारोबार दिनहरु भन्दा सामान्य बढी छ।
बजारमा १ सय ६७ कम्पनीको मूल्य बढेको हो। ७६ कम्पनीको मूल्य घट्दा १३ कम्पनीको मूल्य स्थिर रहेको छ। बजारमा ११ समूहका सूचक बढेको हो। सबै भन्दा बढी विकास बैंकमा १ दशमलव ५० प्रतिशत र हाइड्रोमा १ दशमलव ०७ प्रतिशत वृद्धि भएका छन् । निर्जीवन बीमा र अन्य समूहका सूचक भने घटेका हुन् ।
सबै भन्दा बढी कमाउने कम्पनीहरूमा बन्दीपुर केबलबार अग्रस्थामा रहेकाे हाे। साेही कम्पनीको मूल्य १० प्रतिशतले बढेर ४ सय ५८ दशमलव ८० रुपैयाँ पुगेको छ। त्यसैगरी, सागर इनर्जी र बुंगल हाइड्रोको शेयर मूल्यमा ९ दशमलव ९९ प्रतिशतको वृद्धि देखिएको हाे। झापा इनर्जीको शेयर मूल्य पनि ९ दशमलव ९९ प्रतिशतले बढेर सकारात्मक सर्किछ लागेका छन् । भुगोल इनर्जीको सबै भन्दा बढी ९ दशमलव ९९ प्रतिशतले मूल्य घटेर नकारात्मक सर्किट लागेको हाे।
सर्वाधिक कारोबार हुने कम्पनीहरूमा साहस उर्जा अग्रस्थानमा रहेकाे छ। उक्त कम्पनीको १८ करोड ३ लाख बराबरको कारोबार भएको हाे। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ५९ लाख र शिवम् सिमेन्ट्सको १६ करोड ३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ।





प्रतिक्रिया दिनुहोस्