Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


काठमाडौंका मेयर बालेनले आगामी माघ ५ गते राजीनामा दिने

आगामी निर्वाचनमा झापा–५ बाट चुनाव लड्ने बालेनकाे तयारी

5k
Shares

काठमाडौं ।महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आगामी माघ ५ गते राजीनामा दिनुहुने भएकाे छ।

मेयर बालेनको सचिवालयका एक सदस्यले उहाँले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताएका हुन् । उहाँले राजीनामा दिने निश्चित भएको र माघ ५ गते राजीनामा दिने सचिवालयले जनाएकाे छ।

त्यसपछि मेयर बालेन निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा रहेकाे जनाइएकाे छ। मेयर बालेन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्नेगरी छलफल भइरहेकाे ती सदस्यले बताएका हुन् ।