Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


आगामी निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलको सहमति आवश्यक: संयोजक दाहाल


91
Shares

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताउनुभएकाे छ।

काठमाडाैंमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभए काे हाे। संयोजक दाहालले सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताउनुभयाे। सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्नेमा उहाँकाे जाेड छ। सरकारले घोषणा गरेको फागुन २१ गतेनै निर्वाचन हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयाे।

संयाेजक दाहालले नवगठीत पार्टीको जिम्मेवारी बाँडफाँड भने मंगलबारको बैठकमा टुङ्ग्याउने जानकारी दिनुभएकाे छ। जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रूपमा लाने भन्ने समझदारी भएको उहाँको भनाइ थियाे।