Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


धान बेच्न नपाएर कैलालीका किसान निराश (भिडियाे रिपाेर्ट)

सस्तोमा धान बेच्न बाध्य हुने अवस्था आउने निश्चत

364
Shares

कैलाली। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद रोक्दा कैलालीका किसानले धान बिक्री गर्न पाएका छैनन् ।

पाँच दिनसम्म लाइनमा बसेर धान बेच्ने आशा गरेका किसानहरू कम्पनीले धान लिने कोटा सकिएको भनेपछि निराश बनेका हुन् । सरकारसँग थप कोटा उपलब्ध गराएर सबै किसानको धान खरिद गर्नुपर्ने उनीहरूको माग छ।

सुदूरपश्चिम प्रदेशको मुख्य अन्न भण्डारण मानिने कैलाली यस वर्ष पनि धान उत्पादनका हिसाबले प्रदेशकै अग्रस्थानमा छ। यद्यपी, कम्पनीले जिल्लाका लागि निर्धारण गरेको ३५ हजार क्विन्टल धान खरिद कोटा अत्यन्त न्यून रहेको किसानहरूको गुनासो छ। यहि कात्तिक १२ गतेबाट धान खरिद शुरू भए पनि केही दिनमै किसानको चाप निकै बढ्यो। तर धान बेच्न नपाएपछि किसानहरु धान लिएर फर्किन बाध्य भएकाे किसान क्रिमलाल चौधरीले बताउनुभयाे।

व्यपारीले कम मूल्य दिने भएकाले किसानहरुको जोड सरकारी कम्पनीलाई धान बेच्नेमा थियो। तर सरकारी कम्पनीले कोटा सकिएको भन्दा उनीहरु निराश बनेका हुन् । सरकारी मुख्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा रहेकोमा व्यपारीहरुले २ हजार ५ सय ५० देखि २ हजार ६ सय रुपैयाँ मात्र दिने किसान तोला रानाले बताउनुभयाे।

सुदुरपश्चिम प्रदेशकाे खाद्य व्यवस्था तथा व्यपार कम्पनीका प्रादेशिक प्रमुख दीपक थापाका अनुसार, निर्धारित कोटा अनुसारको कुपन गत शुक्रबारसम्म वितरण भइसकेको छ। हाल थप धान खरिद गर्न नसकिने सूचना जारी गरिएको छ । थप धान खरिदका लागि बजेट उपलब्ध गराउन केन्द्रलाई आग्रह गरिएको उहाँले बताउनुभयाे।एको छ।

देशैभरी नै धान खरिदका लागि सबै भन्दा बढी कोटा कैलालीमा भए पनि कैलालीमा उत्पादित धानको आधा हिस्सा पनि बिक्री हुन सकेको छैन। सरकारले छिटो थप धान खरिदको निर्णय नगर्ने हो भने किसानहरू व्यपारीलाई सस्तो दरमा धान बेच्न बाध्य हुने अवस्था आउने निश्चत छ।

भिडियाे रिपाेर्ट: