Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान सकिंदैन: अभियन्ता ढुंगाना


260
Shares

काठमाडाैं । जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने प्रस्ताव गर्नुभएको छ।

नागरिक समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने अडान समेत राख्नुभएकाे हाे। अभियन्ता ढुंंगानाले जेनजी आन्दोलनको अर्थलाई सावित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क गर्नुभयो।

यथास्थितिमा निर्वाचनमा जाने कुरा नगर्न जेनजी पुस्ताहरुलाई उहाँले आग्रह समेत दिनुभएकाे छ। अभियन्ता ढुंगानाले देश रोइरहेको अवस्थामा निर्वाचनमा जाने कुरा गरेर यसको स्वाधिनतामाथि प्रश्न चिन्ह खडा हुने चेतावनी समेत दिनुभयो। 

अभियन्ता ढुंगानाले युवाहरु विदेश पलायन हुने क्रम बढिरहेकाले त्यसलाई रोक्नका लागि पनि आवश्यक निर्णय लिनुपर्ने बेला आएको बताउनुभएकाे छ।