Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्छु: प्रदेश प्रमुख कर्ण


260
Shares

काठमाडाैं । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पदभार ग्रहण गर्नुभएको छ।

मधेश प्रदेशमा बिहीबार पुगेर कर्णले पदभार ग्रहण गर्नुभएको हो। पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सबै मिलेर काम गरे समस्या समाधान हुने बताउनुभयो । सीताको धर्तीमा सबै सीतारुपी सांसदहरुले स्वागत गर्दा आफू खुशी भएको बताउनुभएकाे छ। सबैसँग सहकार्य र समन्वय गरेर नै आफू अघि बढ्ने उहाँले बताउनुभयो ।

प्रदेश प्रमुख कर्णले आफूलाई जिम्मेवारी बोध भएको र त्यहीं अनुसार काम अघि बढाउने बताउनुभएकाे छ। सबै प्रदेशवासी मिलेर प्रदेश अघि बढाउनुपर्नेमा उहाँकाे जाेड छ। विधिको शासन सबैले मान्नुपर्ने समेत उहाँले बताउनुभयो। सरकारको सिफारिसमा गत मंगलबार सरकारले कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेको थियाे। मुख्यमन्त्री नियुक्तिविरुद्ध भइरहेको आन्दोलनतर्फ संकेत गर्दै कर्णले सबैले अदालतको आदेशलाई पर्खिनुपर्ने बताउनुभयो।

यस अघिकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत सोमबार नेकपा एमालेका सरोजकुमार यादवलाई बर्दिवासको एक होटलमा पद तथा गाेपनियताकाे सपथ ग्रहण गराएपछि उहाँलाई सरकारले बर्खास्त गरेको थियो।