Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


आगामी फागुन २१ गते निर्वाचन गर्नुको विकल्प छैन: सुदन किराँती

निर्वाचनमार्फत विगत ३५ वर्ष यता सत्तामा रजगज गरेका अनुहारलाई विस्थापन गर्न जरूरी

247
Shares

काठमाडाैं । पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियानले आगामी फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै अभियानले फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नरहेको बताएको हो। साेही सम्मेलनका क्रममा बोल्दै पूर्वमन्त्री सुदन किराँतीले फागुन २१ गते कुनैपनि हालतमा निर्वाचन हुनुपर्ने बताउनुभयो । नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर रहेको भन्दै ट्रयाकमा फर्काउन निर्वाचनको विकल्प नभएको उहाँकाे भनाइ छ। लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुन नसक्ने उहाँकाे तर्क थियाे। आगामी निर्वाचनबाट विगत ३५ वर्ष यता सत्तामा रहेका अनुहारलाई विस्थापन गर्नुपर्ने जरुरी रहेको समेत बताउनुभएकाे छ।

पूर्वमन्त्री किराँतीले नेपालमा असमानता र गरिबीको अन्त्य गर्न चाहनेहरुसँग एकता हुने बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीसँग कुनै एकता नहुने उहाँको दावी छ। आजको आवश्यकता रुपान्तरण र पुस्तान्तरणको भएको समेत उहाँले बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजवाद र शहीद लगायतको नाममा आफ्नो स्वार्थपूर्ति गर्ने काम गर्नुभएको पनि उहाँले आरोप लगाउनुभयो ।