Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


आगामी निर्वाचनका लागि ६० प्रतिशत बढी काम सकियाे: निर्वाचन आयोग


208
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ६० प्रतिशत भन्दा बढी काम सकिएको जनाएकाे छ।

सिंहदरबारमा बुधबार प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्नुभएकाे हाे। साेही छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन तयारी अन्तर्गतका ६० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको जानकारी गराउनुभयाे।

हालसम्मको मूल्यांकनमा आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको पनि आयोगले प्रधानमन्त्री कार्की समक्ष जानकारी गराएकाे छ।