Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


केपी ओली बाहेक एमालेका सबै नेता आफ्नाे पार्टीमा आउने संयाेजक दाहालकाे दावी


533
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दावी गर्नुभएको छ।

डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि बुधबार संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो। उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गरेकाे बताउँदै एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउने उहाँकाे भनाइ छ। नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरु समाहित भइसकेको समेत उहाँले बताउनुभयो ।

यहि कार्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका विभिन्न राजनीतिक दल र समूहहरुले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका थिए।