Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


नेपाल प्रहरीको ३३औं महानिरीक्षकमा कार्की नियुक्त


4.1k
Shares

काठमाडाैं । सरकारले नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गरेको छ।

यहि कार्तिक २७ गतेदेखि लागू हुनेगरी कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभएकाे हाे। सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषदकाे बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ । गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा निजामतितर्फ चार जना र नेपाल प्रहरीतर्फ ११ जना थप गरी १५ जना कर्मचारी उपलब्ध गराउने निर्णय गरेको छ।

कार्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत कोर्डिनेशन बैठकको नवौं बैठकमा सहभागी हुन नेपालको तर्फबाट सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति दिएको छ। त्यस्तै, सरकारले भू-उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको हाे।

प्रवक्ता खरेलका अनुसार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नियुक्त गरेको छ।